वि.सं. २०३४ आश्विन २ गते नवलपरासी जिल्लाको माकर गा.पं. अन्तरगत पर्ने वडा नं. २ चिसापानी जहाँ भर्खरै सुकुम्बासी बस्ती बस्दै गर्दा आर्थिक रुपले विपन्न भएपनि बौद्धिक रुपमा केही शिक्षा प्रेमीहरुको हृदय कुत्कुतायो र वहाँहरुकै अथक प्रयास र प्रयत्नबट एउटा चहकिलो, प्रकाशमान, अलौकिक, अति सुन्दर शिक्षालय दिव्यज्योतिको स्थापना गर्नुभयो । सार्वजनिक विद्यालयमा समान शैक्षिक पहुँच, नवीनतम् विधि मार्फत शैक्षिक गुणस्तर तथा जवाफदेही व्यवस्थापन सुनिश्चित गरी सुशासनका पक्षहरुलाई प्रभावकारी ढङ्गले विद्यार्थीको सिकाइ उपपलब्धि उच्च बनाउँदै विद्यालयको भौतिक, शैक्षिक, आर्थिक एवं व्यवस्थापकीय पक्षको विकास गर्दै यस विद्यालयलाई अभिभावक तथा बालबालिकाको पहिलो रोजाइको विद्यालयको रुपमा विकास गर्न तथा विद्यालय शिक्षाको गुणस्तरीय शिक्षा अभिवृद्धिमा नेतृत्वदायी भूमिका खेल्न सक्ने विद्यालयको आवश्यकता देखिएकोले यस दिव्यज्योति माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रुपमा रुपान्तरण गरिएको छ । सामाजिक विकास मन्त्रालय, प्रदेश नं. ५ ले यस विद्यालयललाई नवलपरासी जिल्लाको नमूना विद्यालयको रुपमा घोषणा गरिसकेको छ । यस विद्यालयलाई अझ सु–व्यवस्थित, शैक्षिक गुणस्तर अभिवृद्धिका साथ अगाडी बढाउनका लागि प्रतिबद्धता अभिव्यक्त गर्दछु ।